पैसाका लोभ लालचामा परि आफ्नै मावली हजुरबुबाले १३ वर्षीया वालिका नातिनीलाई यौन कार्यमा संलग्न गराइएको घटना सार्वजनिक भएको छ ।
बालिका बलात्कारको आरोपमा पक्राउ परेका बेलबारी–३ का २६ वर्षीय सुमन तामाङले दिएको बयान अनुसार यस्तो घटना सार्वजनिक भएको हो । आरोपित तामाङले ‘मदिरा सेवन गर्नका लागि आफूसँग पैसा लिएर’ नातिनीलाई दिने गरेको बयान दिएपछि यस्तो रहस्य खुलेको छ ।
बालिकालाई बलात्कार गरेको आरोपमा तामाङलाई प्रहरीले कात्तिक १४ गते पक्राउ गरेको छ । बालिकामाथि कात्तिक १३ गते बलात्कार गरेको आरोप छ । हजुरबुबाले पैसा लिएर आफूलाई सुम्पिएको आरोपितको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ । बालिका बेलबारीस्थित मामाघरमा बस्दै आएकी थिइन् ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर ऋषिराज ढकालले हजुरबुबाले आरोपित तामाङसँग के कति रकममा नातिनी सुम्पिएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको बताएका छन् । घटनामा हजुरबुबाको पनि संलग्नता देखिए छानबिनको दायरामा ल्याइने उनले बताए । बलात्कारमा जस्तो जघन्य घटना बिरलै सुन्न पाइन्छ ।














Discussion about this post