२०६६ सालमा आफ्नै तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर फरार रहेका बावुलाइ ११ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै छोरा दिलसाह मियाँको हत्या अभियोगमा फरार रहेका सुनसरीको हाल भोक्राहा नरसिंह गाउँपालिका १९ साविक नरसिंह गाविस–४० वस्ने ५१ वर्षीय बुनिया भन्ने करीम मियाँ पक्राउ परेका हुन् ।
माइतीघरमा बस्दै आएकी कान्छी श्रीमती अजिरन खातुनलाई लिन २०६६ साल मंसिर २२ गते ससुराली घरमा गएका उनले श्रीमतीसंग वादविवाद भएपछि छोरा छोरीलाई लिई घर फर्कदै गर्दा बाटोमा श्रीमतीलाई कुटपिट गरी बेहोस बनाएको र छोराछोरीलाई घाँटी थिची केराबारीमा फालिदिएपछि ३ महिनाको छोरा दिलसाहको मृत्यु भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
उनकै कान्छि श्रीमती अजिरनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएपनि उनी फरार रहेकाले पक्राउ पर्न सकेका थिएनन् ।
घटनापछि नेपालका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएका उनलाई प्रहरीले यहि कार्तिक १७ गते इनरुवाबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका मियाँको कानुनी प्रक्रिया अगाडी बढाएको बताएको छ ।














Discussion about this post