चोरीको आरोप लागेपछि इटहरीकी एक युवतीले आत्महत्या गरेकी छिन् ।
आफैँसँग काम गर्ने साथीको पैसा चोरीको आरोप लागेकी २३ बर्षीया सिर्जना राई बाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
इटहरी १२ खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा कार्यरत मोरङ लेटाङकी राईलाई केहि दिन अघि आफ्नै साथीले पैसा चोरी गरेको भन्दै उद्योगकै प्रशासनमा उजुरी गरेको थिईन् ।
तर मृतक राईले दुई पक्ष मिलापत्रमा मैले पैसा चोरेको होइन तिर्नु परे तिरौला भन्दै कागज समेत गरेको बुझिएको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार उद्योगको महिला ब्लकमा पैसा चोरीको आरोप लागेको र उनीहरु बीच मेलमिलाप नभएको कारण आत्महत्या गरेकी हुन् ।
उनको पोष्टमार्टमका लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । रिपोर्ट आएपछि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।



















Discussion about this post