धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एकजना कोरोना संक्रमितको मृत्यृ भएको छ ।
प्रतिष्ठानको कोभिड अस्पतालमा धनकुटाको पाख्रीबास ३ का ७२ बर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनको दिउँसो १ बजेर ५ मिनेटमा मृत्यु भएको थियो ।
कार्तिक २० गते कोरोना संक्रमण पुष्टि भएका ती वृद्धलाई हिजो २२ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिए ।














Discussion about this post