इटहरी (डेस्क) : विभिन्न प्रलोभन देखाएर सुनसरीकी एक युवतीलाई यौन शोषण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले एक युवकलाई पक्राउ गरेको छ ।
मोलमोलाई गरी, करकापमा पारी र माया गर्ने नाटक गरी नसालु पदार्थ समेत सेवन गराएर महिलालाई पटक–पटक यौन शोषण गर्ने महेन्द्र प्रसाद मेहतालाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरीको देवानगंन्ज गाउँपालिका वडा नं. ६ वस्ने पीडित महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ बमोजीम सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।














Discussion about this post