इटहरी : सुनसरीको दुहबी नगरपालिका ३ बाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
स्थानीय आलम हुसेनको काठ फर्निचरको कोठामा तास जुवा खेल खेलिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुमको कमाण्डमा प्रहरी टोली खटिई चेकजाँच गर्ने क्रममा ९ जना जुवाडेलाई ७७ हजार सात सय दश रुपैँयासहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा स्थानीय ३४ बर्षीय अनिष सिंह, ४२ बर्षीय संसद मिया, ४६ बर्षीय मंगल शाह, ३६ बर्षीय टेक बहादुर गिरी, ३८ बर्षीय आलम अन्सारी, ३४ बर्षीय दीपक अकेला, ५२ बर्षीय मोहम्मद मोक्तार, ४५ बर्षीय हजरत मियाँ र ४४ बर्षीय सन्तोष बराल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post