धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी २ का ४२ बर्षीय पुरुष रहेका छन् । उनको आज दिउँसो १२ बजेर ३० मिनेटमा प्रतिष्ठानको कोभिड अस्तपालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले पुष्टि गरे।
उनका अनुसार मृतकलाई कार्तिक १४ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।














Discussion about this post