विराटनगर : मोरङको विराटनगर सीमा क्षेत्रमा रहेको भारतीय बजार जोगबनीबाट भन्सार छलेर ल्याएका करीब तीन लाख भन्दा बढी मूल्य बराबरका सामानहरु बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह साढे ४ बजे विराटनगर ९ स्थित सडक किनाराबाट १ लाख ४५ हजार ३ सय रुपैँया मूल्य बराबरको लत्ता कपडा तथा किराना सामानहरु बरामद गरेको हो ।
यसै गरी सोही कार्यालयबाट खटिएको प्रहरी गस्ति टोलीले हिजो राती पौने ११ बजे १ लाख ६७ हजार ३ सय मुल्य बराबरको लत्ताकपडाहरु बरामद गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैया स्थित एक घरमा भन्सार छली गरी ल्याएका लत्ताकपडाहरु लुकाई छिपाई राखिएको अवस्थामा फेला पारी बरामद गरेको हो ।
साथै भन्सार छली लत्ताकपडाहरु ल्याई लुकाई छिपाई राख्ने घर धनि २५ बर्षीय राहुल रायलाई समेत पक्राउ गरिएको र बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post