राष्ट्रिय सभाका पूर्वसांसद, धरान निवासी राजनीतिकर्मी एवं समाजसेवी इन्द्रहाङ लिम्बूको कोरोनाका कारण मृत्यु भएको छ ।
धरान १८ निवासी ९२ बर्षीय लिम्बूको आज बिहान मृत्यु भएको हो । कोरोना संक्रमण भएका लिम्बूको होम आइसोलेसनमा मृत्यु भएको धरानका मेयरका स्वकीय सचिव राजेशमान श्रेष्ठले जानकारी दिए ।
स्वर्गीय गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा लिम्बू राष्ट्रिय सभा सदस्य भएका थिए । नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय उनी जनमुक्ति, माओवादी हुदै पुनः कांग्रेसमा नै फर्किएका थिए ।














Discussion about this post