ईलाका प्रहरी कार्यालय इटहरीले ७ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले इटहरीस्थित गोल्डेन चौकबाट करीब डेढ लाख रुपैँया र बिभिन्न बैँकका दुईलाख ४८ हजार रुपैँया उल्लेखित चारवटा चेकसहित सातजनालाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक केशव कुमार कटवालको कमाण्डमा खटिएको प्रहरी टोलीले इटहरी ९ गोल्डेन चौकमा दुहबी नगरपालिका ८ का अलादिन मियाँले सञ्चालन गरेको राईन फर्निचर उद्योग भित्र पैसा हारजित हुने गरी तास खेल्ने र खेलाउने ७ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इटहरी १३ का ६० बर्षीय मझेफर तसन मियाँ, दुहबी ९ का ३४ बर्षीय मोहमद सामुदिन आलम सोही ठाउँका ३८ बर्षीय नैमुदिन मियाँ र ३७ बर्षीय महमद जिया हुसेन रहेका छन् । त्यस्तै, दुहबी ८ का २६ बर्षीय हासिम हुसेन र ४२ बर्षीय नुर महमद, इनरुवा ७ का ५० बर्षीय महमद ईनुस रहेका छन् ।
तासको खालमा थापिएको नगद १ लाख ४९ हजार ७ सय पच्चीस रुपैयाँसहित कामना सेवा बिकास बैंकको मझेफर तसन मियाँको नाममा काटिएको ५० हजार बराबरको एउटा चेक, एभरेष्ट बैंकको मोहमद ईनुसको नाममा काटिएको १ लाख बराबरको एउटा र ५८ हजार रुपैँया बराबरको अर्को एउटा चेक र सिद्धार्थ बैंकको मोमहमद ईनुसकै नाममा काटिएको ४० हजार रुपैँया बराबरको चेक गरेर २ लाख ४८ हजार रुपैँया बराबरको चेक र खेल्दै गरेको १६० पत्ति तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।












Discussion about this post