इटहरी (डेस्क) : मोरङको बिराटनगर १२ शुक्रबारे हाट बस्ने २६ बर्षीय घनश्याम कामतको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
हिजो राती पौने १० बजे को १८ प ४८३१ नम्बरको मोटरसाईकल भित्री सडकखण्डमा बिजुलीको पोलामा ठोकिएर दुर्घटना भएको थियो ।
दुर्घटनाबाट घाईते भएका उनको न्यूरो अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल पछाडि सवार रहेका २० बर्षीय राजेश कामत र ४ बर्षीया सोनु कामत घाईते भएका छन् । उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उदयपुरको उदयपुरगढी ७ नेपाल्टार स्थितमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने १८ बर्षीया निर्मला बिकको मृत्यु भएको छ ।
आज विहान ८ बजे स ९ प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिदा उनी गम्भीर घाइते भएकी थिईन् ।
घाईते निर्मलाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मोटरसाईकल र मोटरसाईकल चालक उदयपुरगढी ८ बस्ने १९ बर्षीय मेसक राई नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post