धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका भेडेटारका कोरोना संक्रमित पुरूष र बराहक्षेत्रकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
भेडेटार ८ धनकुटाका ७२ वर्षिय वृद्धको हिजो राती साढे १० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताएका छन । मृतकलाई हिजो कोभिड अस्पताल भर्ना गरीएकोमा मृत्यु पश्चात आज कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै, बराहक्षेत्र ३ सुनसरीका ४४ वर्षीया महिलाको आज विहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको हो । मृतकलाई आज कोभिड अस्पताल भर्ना गरिएकोमा आज नै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा मृगाला रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post