गुण्डागर्दी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय इटहरीले दुईजनालाई पक्राउ गरेको छ ।
मंसिर १ गते साँझको समयमा जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. १ माझी टोलको सार्वजनिक स्थानमा लाल बहादुर खत्री र मुना दाहाल समेतलाई आफ्नो डेरातर्फ जादैँ गर्दा इटहरी ५ वस्ने वर्ष २२ को समीर बराल र सोही ठाउँ बस्ने वर्ष १९ को सुजन लिम्बूले बिभिन्न किसिमको अश्लील शब्द प्रयोग गर्दै गाली गलौज गरेको प्रहरीले जनाएको छ ।
गालीसँगै हातपात समेत गरेको पीडितको उजुृरीमा उल्लेख गरिएको छ ।
पक्राउ परेका उनीहरुमाथि म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।














Discussion about this post