सुनसरीबाट प्रहरीले लागूऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार इनरुवा नगरपालिका ६ मधेशाबाट ४ जना पक्राउ परेको हो । पक्राउ पर्नेमा नारायण खड्का, सुनिल मोची, सुरेश मोची र निसान मगर छन् ।
उनीहरुलाई ब्याडमिन्टन कवर्ड हल अघिको खुला मैदानबाट लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको भनाई छ । उनीहरुको साथबाट डाइलेक्स डिसि १०० एम।एल।को १४ बोतल र स्पास्मो प्रोक्सिभन ८ क्याप्सुल वरामद भएको प्रहरीले जनाएको छ । साथै, ५ थान मोवाइल र एक थान मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै, इनरुवा १० जल्पापुर सडकखण्डबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । हरिनगर गाउँपालिका ४ का २७ बर्षीय नौसाद अनसारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट डाइलेक्स डिसि १०० एम।एल।को ३९ बोतल बरामद भएको छ भने स्पास्मो प्रोक्सिभन ७२ क्याप्सुल र नाइट्राभेट १० लेखिएको ७७ ट्याब्लेट पनि वरामद भएको छ ।

पक्राउ परेका पाँचैजनामाथि लागूऔषध ऐन बमोजिम जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post