प्रतिबन्धित औषधि अवैध रुपमा भारतको जोगवनीबाट ल्याउने एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका १३ शैनिक टोलका ३६ बर्षीय नरेश यादवलाई प्रहरीले प्रतिबन्धित औषधिसहित पक्राउ गरेको हो ।
उनको घरको पछाडि कम्पाउण्डभित्र राखेको अवस्थामा प्रहरीले ठूलो परिणाममा प्रतिबन्धित औषधि फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार यादवको घरबाट अफ्रिडोल इन्जेक्सन, एम.प्रिसोजल इन्जेक्सन, सिटिकोलिन इन्जेक्सन, रेमडिसिभर, डक्सिसाइक्लिन लगायत विभिन्न १४ प्रकारका औषधिहरु वरामद गरेको जनाएको छ ।
पक्राउ परेका यादवलाई आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।














Discussion about this post