कोरोना भाइरस संक्रमणका कारण मोरङको रतुवामाई नगरपालिका घर भएकी सुत्केरीको मृत्यु भएको छ ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा बिहीबार राति ११ बजेतिर रतुवामाई नगरपालिका–१० की २५ वर्षीया सुत्केरी महिलाको ज्यान गएको हो ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतक १७ दिनकी सुत्केरी हुन् । उपचारका क्रममा मृगौलामा खराबी पाइएको र निमोनियाको पुरानै समस्या मृतकमा रहेको उनले बताए ।
श्वास फेर्न गाह्रो भएपछि र बोली बन्द भएपछि मंसिर १० गते बुधबार उनलाई उपचारका लागि परिवारका सदस्यले नोबेलमा भर्ना गरेका थिए ।














Discussion about this post