अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
विराटनगर ९ मा सञ्चालनमा रहेको सुमित गेस्ट हाउसबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियार सहित चार पुरुष र दुई महिला छन् ।
पक्राउ परेका अन्यको नाम खुलाइएको छैन । अनैतिक क्रियाकलाप भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनीहरुलाई बिहीबार राति नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखेर अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post