इटहरी २० तरहरामा राधाकृष्ण मन्दिरको शिलान्यास गरिएको छ ।
सुनसरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सिताराम मेहेताले एक कार्यक्रम बीच सोमबार शिलान्यास गरेका हुन् । उनले मन्दिर निमार्णमा १० लाख रुपैँया सांसद विकास कोषबाट दिने घोषणा समेत गरेका छन् ।
गत वर्षको मंसिरमा स्थानीयले पुराण लगाएर संकलित गरिएको रकमबाट मन्दिर निमार्ण हुने भएको हो ।
कार्यक्रममा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भीम पौडेलले व्यक्तिगत तर्फबाट ५ लाख रुपैँया दिने बताएका छन् । सामाजिक काममा सक्रिय पौडेलले मन्दिर निमार्णमा आँफूले सक्दो सहयोग गर्न बताए ।
करीब एक कठ्ठा नम्बरी र लगभग १ कठ्ठा ऐलानी जग्गामा मन्दिर निर्माण हने निर्माण समितिका सचिव नरोतम ढकालले बताए । गत वर्ष पुराणबाट संकलित ९१ लाख रुपैँया रकममा उक्त मन्दिर निर्माण हुने उनले जानकारी दिए ।












Discussion about this post