धरानमा आइतबारदेखि निजी तथा संस्थागत विद्यालयहरु सञ्चालनमा आउने भएको छ ।
कोभिड १९ महामारीको कारण करिब ८ महिनादेखि बन्द रहेका विद्यालयहरु स्वास्थ्य प्रोटोकल पालना गर्दै आइतबारदेखि सञ्चालन आउने भएका हुन् ।
एसिसि अध्यक्ष राजेन्द्र गुरुङका अनुसार मावि तहको कक्षा ८, ९ र १० को पढाई शुरु गर्नेछ । प्राथमिक तहको स्कुल छ भने कक्षा ४ र ५ को मात्र पढाई शुरु गर्ने उनले बताए ।
उनले भने, ‘एउटा डेस्कमा २ जना मात्र राख्ने र मास्क, सेनिटाइजरको व्यवस्था गर्ने, छोटो समयको लागि मात्र स्कुल चलाउने, खाजा स्कूलमा नखाने गरि विद्यालयल लगाइने तयारी गरिएको छ ।’












Discussion about this post