विराटनगरबाट भारतीय नोटसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको पश्चिम दिल्लीका ५६ वर्षीय महेश चन्द्रलाई १ लाख ९९ हजार भारतीय नोटसहित वडा नम्बर १७ स्थित इस्लामपुरमा रहेको अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाच गर्ने क्रममा उनको साथबाट ५ सयको ३९० थान र २ हजारको २ थान भारतीय नोट बरामद गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post