पछिल्लो समय सामाजिक सन्जालको दुरुपयोग गरेर ठगि धन्दा गर्ने मौलाएको छ । नक्कली इमेल आइडी बनाइ आफुसंग अस्लिल तस्विर भएको बताउँदै महिलालाई ब्लाकमेलिङ गर्ने एक गिरोह पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका वडा नम्बर ३ घर भइ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी रहेको भेटाहिटी स्थित प्रहरी प्रधान कार्यालय साइबर व्युरोले जनाएको छ ।
व्युरोका अनुसार सुमनले नक्कली इमेल आइडी बनाएर उनकै परिचयमा रहेकी एक महिलालाई आफुसंग उनको अस्लिल तस्विर रहेको र उक्त तस्विर सार्वजनिक नगर्नका लागी ७० लाखको माग राखेका थिए ।
पैसाको माग राख्ने लगायत विभिन्न प्रकारको यौनजन्य उत्पिडनमा दबाब दिएको भन्दै आएको उजुरीको आधारमा बिहिबार जिल्ला अदालत काठमाडौबाट पक्राउ अनुमती लिइ पक्राउ परेका सुमनमाथि थप अनुसन्धान कार्य भइरहको व्युरोले जनाएको छ ।














Discussion about this post