ईलाका प्रहरी कार्यालय धरानले दुई थान पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।
धरान १५ सयपत्री मार्गका २७ बर्षीय देवीबहादुर लिम्बुको घरबाट यु.एस.ए. लेखेको खोली म्याग्जिनसहित एक थान पेस्तोल र अर्को म्योग्जिनविनाको गरि दुई थान पेस्तोल फेला पारेको हो ।
उनीसँगै २६ बर्षीय रनसुर राई पनि थिए । प्रहरीले लागूऔषध खानतलासी गर्दा दुई थान हतियार पेस्तोल फेला पारेको थियो ।
ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार अहिले दुवैलाई पक्राउ गरेर हतियार सम्बन्धमा अनुसन्धान भइरहेका छ । ‘लागूऔषधको बिषयमा सुचना आएर प्रहरी पुगेको थियो, तर उनीहरुसँग पेस्तोल भेटियो,’डिएसपी बस्नेतले भने ।
पक्राउ परेका उनीहरुमाथि अनुसन्धानको क्रम अगाडि बढाईएको उनले जानकारी दिए ।














Discussion about this post