प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न पछिल्ला विरोध तथा अराजक गतिबिधिमा सहभागी नहुन अनेरास्ववियू सुनसरीले निर्देशन दिएको छ ।
संसद विघटनको विषयलाई सत्तापक्षबाटै सरकारको चर्काे आलोचना भईरहेका बेला अनेरास्ववियू सुनसरीले आज एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियूमा आबद्ध विद्यार्थी नेता तथा कार्यकर्तामा सरकारबिरोधी कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो ।
संयोजक जीबी गजलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘लोकतन्त्र, गणतन्त्र नेपालको शक्तिका विरुद्ध नेपाली जनतामा ताजा जनादेश लिने निर्णयको चौतर्फी स्वागत भईरहेको सन्दर्भमा आफ्नै पार्टी, सरकार र नेपाली जनता विरुद्ध हुने कुनैपनि खालका विरोध र अराजक गतिबिधिमा सहभागिता नहुन कडा निर्देशन गर्दछु ।
अन्यथा संगठन जस्तोसुकै कदम चाल्न पनि बाध्य हुनेछ ।’














Discussion about this post