इटहरी (डेस्क) : अनाधिकृत औषधी बेचबिखन गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका १५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका ६ घर भएका २७ बर्षीय सौजात आलम रहेका छन् ।
आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो ।
अबैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग बिराटनगर बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post