धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेलमा गएराती झ्याल ढोकाका सिसाहरू तोडफोड गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर १३ का २५ वर्षीय रोशन यादव र सप्तरी भारदहका २७ वर्षीय केशव यादव रहेको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
उनीहरुले मादक पदार्थ सेवन गरी प्रतिष्ठानको इन्टर्न होस्टेलमा तोडफोड गर्दा होस्टेलको मेन ढोकाबाट प्रवेश गरेपछिको कोरिडोरका सिसाहरू पूर्ण रूपमा फुटेका छन् ।
पक्राउ परेका रोशन प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत छन् भने केशव प्रतिष्ठानको होस्टेलको नभएको र पटक–पटक प्रहरी नियन्त्रणमा परिसकेको होस्टेल प्रशासनले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post