एक महिनादेखि उच्च रक्तचापको कारण मस्तिष्क पक्षधात भई नोवेल अस्पताल विराटनगरमा उपचार गराइरहेका नेपाल प्रेस युनियन धरान उपमहानगर कार्य समितिका कोषाध्यक्ष दीलिप राईलाई नेपाल प्रेस युनियन वराहक्षेत्र नगर समितिले आर्थिक सहयोग गरेको छ ।
नेपाल प्रेस युनियन वराहक्षेत्रले जुटाएको रकम नेपाली काँग्रेस राज्य प्रशासन विभाग सदस्य तथा महासमिति सदस्य बाबुराम विष्ट, सल्लाहकार, केन्द्रीय पार्षद् बाबुराम कार्की र अध्यक्ष सङ्गम विष्टले संयुक्त रुपमा नगद ८ हजार ५ सय रुपैयाँ प्रेस युनियन धरानका सचिव मात्रिका प्रसाद नेपाललाई हस्तान्तरण गरेका हुन् ।
उच्च रक्तचापको कारण मस्तिष्क पक्षधात भई उपचार गराइरहेका सञ्चारकर्मी राईका लागि थप उपचारमा सहयोग पुग्ने उद्देश्यले नेपाल प्रेस युनियनमा आबद्ध रहेका बराहक्षेत्रका सदस्य र सल्लाहकारहरूबाट उक्त रकम जुटाएर हस्तान्तरण गरिएको वराहक्षेत्रका अध्यक्ष विष्टले जानकारी दिए ।














Discussion about this post