धरानमा खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खुकुरी प्रहारमा संलग्न अन्य केही युवाहरू फरार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानका अनुसार खुकुरी प्रहारबाट १९ वर्षीय रोजेश गहतराज घाइते भएका हुन् । घाइतेका दाइ आशिष गहतराजले प्रहरीमा उजुरी दिएपछि २२ वर्षीय आशिष थापा मगर पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीमाथी ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता भएको भएर जिल्ला अदालत सुनसरीमा आज म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post