सुनसरीका ९ जना कोरोना पीडित पत्रकारहरुलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको छ ।
प्रेस युनियन सुनसरीले धरानको सेक्ष होटलमा एक कार्यक्रम आयोजना गरि दोस्रो चरणको कोरोना बीमा वापतको रकम ९ जना पत्रकारहरुलाई उपलब्ध गराएको हो ।
युनियनले धरानका पत्रकारहरुलाई १ लाख बराबरको कोरोना बीमा गराएको थियो । सोही अनुसार संक्रमण पुष्टि भएर निको भइसकेको ९ जनालाई एक–एक लाखको चेक हस्तान्तरण गरेको युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
उनका अनुसार जिल्लाका २६० जना पत्रकारहरुको युयिनले निःशुल्क कोरोना बीमा गरेको थियो ।
नेपाल प्रेस युनियन सुनसरीले गत जेष्ठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं कम्पनीबीच कोरोना वीमा सम्झौता भएको उनले बताए ।

उनका अनुसार सोमबार सन्तोष काफ्ले, निर्मल कार्की, दामोदर गुरागाई, रोशन दाहाल, विमला तिीम्सना, कृष्ण प्रसाद अधिकारी, शिशिर राई, संजीता धमला र भारतराज शर्मा (गोपाल) लाई जनही एक लाख रुपैँयाका दरले चेक हस्तान्तरण गरिएको हो ।
बीमा व्यवस्थापन समिति संयोजक तथा प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारी, प्रेस युनियन सुनसरीका संस्थापक, अग्रज पत्रकार हर्ष सुब्बा, युनियन सुनसरीका संस्थापक अध्यक्ष गिरिराज आचार्य, पूर्वअध्यक्ष गणेश निरौला, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोही, ब्लाष्ट टाइम्सका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, औजार प्रकाशनका अध्यक्ष मोतीराज सुनुवार लगायतले प्रेस युनियनले गरेको कार्यको खुलेर प्रशंसा गरेका थिए ।
त्यस्तै, सोही कार्यक्रमको अवसर पारेर मस्तिष्क पक्षघात भई उपचारत सञ्चारकर्मी दीलिप रिनोहङलाई युनियन जिल्ला कार्यसमितिले नगद १० हजार सहयोग समेत गरिएको थियो ।















Discussion about this post