नेपाल प्रेस युनियन धरान नगरको संयोजकमा मात्रिका प्रसाद नेपाल चयन भएका छन् ।
धरानको सेक्ष होटलमा भएको युनियनको भेलाले यसअघि सचिव समेत रहेका नेपाललाई सर्वसम्मत संयोजकमा चयन गरेको हो ।
यसैगरी समितिको उप–संयोजकमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल चयन भएका छन् भने सह–सचिवमा संगीता राई र कोषाध्यक्षमा वसन्त राई चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा रोहित कुलुङ, सुविक्षा राई र संजिता धमला चयन भएका छन् ।
भेलाले निर्वतमान अध्यक्ष सुक्रान्त राईलाई जिल्ला सदस्यमा मनोनयनका लागि सिफारिस गरेको छ ।
भेलाले ३ सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकारमा निर्वतमान अध्यक्ष सुक्रान्त राई, लक्ष्मण थापा र विनय प्रधानलाई सल्लाहकारमा चयन गरेको हो ।
भेलामा बरिष्ठ पत्रकार हर्ष सुब्बा, प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारी, गणेश निरौला, अध्यक्ष पवन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।















Discussion about this post