आफ्नै घरमा नातिनीलाई बलात्कार गरेको आरोपमा धरान १७ का एक वृद्धालाई अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको छ ।
ईलाका प्रहरी कार्यालयले धरान १७ बाट ६१ बर्षीय एक वृद्धलाई नातिनी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीबाट अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार जर्बजस्ती करणीको उजुरी परेपछि उनलाई शनिबार पक्राउ गरिएको थियो । ती वृद्धले आफ्नै छोरीकी छोरी ११ बर्षीया नातिनीलाई जर्बजस्ती गरेको आरोप छ ।














Discussion about this post