चतरा : नेपाली कांग्रेस वराहक्षेत्रका युवा नेता वडा नं १० कार्य समितिका उप सभापति तेजबहादुर गुरुङले वडामा रहेका न्यून आय तथा बिपन्न परिवारको घर–घरमा पुगेर माघे संग्रान्ती लक्ष्यित परिकारको खाद्य साम्रागी उपहार स्वरूप बितरण गरेका छन् ।
लकडाउनमा खाद्यन, माक्स, सावुन , सेनिटाइजर बोकेर घर घर पुगेका तेजबहादुरले बिहिबार बिहाननै माघे संग्रान्तिका दिन प्रति परिवार आदा केजि तिल र आदा केजि सखर लिएर ५६ परिवारलाई बितरण गरेका हुन् ।
बराहक्षेत्र १० मा रहेको लालवस्ति लगाएका टोलमा रहेका बिपन्न परिवारकोमा पुगेर व्यक्तिगत रुपमा सहयोग गरेको तेजबहादुरले बताए ।
बिपन्न तथा न्यून आय भएका प्राय दलित तथा बिछडावर्ग परिवारलाई तिल र सखर बितरण गरेका हुन् ।
जाड, पर्वमा थोरै भए पनि सहयोगले साना छोराछोरीको मुहारमा खुशि छाओस् भन्ने उदेश्यले सहयोग गरेको र यसरी सहयोग गर्दा आफुलाई खुशी मिल्ने तेजबहादुर बताउछन् ।














Discussion about this post