मोरङको बिराटनगर १६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा ६ बस्ने २८ बर्षीय आशिष मगर रहेका छन ।
गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाइ हिजो बेलुका नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनि उपर चेकजाँच गर्दा लुपिजेसिक ११ एम्पुल, डाईजापाम ११ एम्पुल, एभिल ११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट ४५ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका मगर उपर थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post