बराहक्षेत्र : नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बराहक्षेत्रमा रहेको ग्रामीण पत्रकार समूहलाई आर्थिक सहयोग गरेका छन् ।
ग्रामीण पत्रकार समूहले स्थापना गरेको पत्रकार पुरस्कार अक्षय कोषमा अध्यक्ष अधिकारीले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको ग्रामीण पत्रकार समूह बराहक्षेत्रका सचिव संगम बिष्टले बताए ।
अधिकारीले सो रकमको चेक सोमबार ग्रामीण पत्रकार समूहले आयोजना गरेको एकदिने पत्रकार आचारसंहिता अनुशिक्षण कार्यक्रममा ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्यकुमार कार्कीलाई हस्तान्तरण गरेका थिए ।
बराहक्षेत्र ६ चक्रघट्टिमा आयोजना भएको आचार संहिता अनुशिक्षण कार्यक्रमको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले गरेका थिए ।
कार्यक्रममा दुई दर्जन बढीले अनुशिक्षणमा सहभागीता जनाएका थिए ।














Discussion about this post