वैदेशिक रोजगारका लागि फ्रान्स पठाइदिन्छु भन्दै तीन जनालाई ठगेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
प्रहरीले रुपन्देही घर भइ काठमाण्डौ तारकेश्वर नगरपालिका–१९ मनमैजु बस्ने पूर्णिमा श्रीषलाई ठगीको आरोपमा पक्राउ गरिएको हो।
श्रीषले आकर्षक तलबको प्रलोभन देखाउँदै फ्रान्स पठाइदिने भन्दै ३ जना व्यक्तिबाट ३८ लाख ५० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । रकम ठगी गरेर भागेपछि पीडित शीरबहादुर थापाले गएको माघ २८ गते उजुरी दिनुभएको थियो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पूर्णिमालाई मनमैजुबाटै पक्राउ गरेको हो । पक्राउ परेकी पूर्णिमालाई थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाइएको महाशाखाले जनाएको छ ।
Discussion about this post