इटहरी १० शिवनारयण टोलमा हेलपिङ हेण्ड क्लबले जाडोमा लगाउने टोपी वितरण गरेको छ ।
मनोज लिम्बूको अध्यक्षतामा भएको टोपी वितरणमा यहाँका विपन्न परिवारका एक सय जना लाभान्वित भएका छन् ।
क्लवका अध्यक्ष राजेश राईका अनुसार यसअघि कुलतमा लागेकोहरुलाई निःशुल्क उपचार गराउने काम समेत क्लबले गरेको छ ।
कुलतमा लागेर बिरामी भएकालाई उपचार समेत गरिएको उनले बताए । आगामी दिनमा पनि आँफूहरु सामाजिक काममा सक्रिय हुने उनको भनाई थियो ।














Discussion about this post