Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरीमा एकै गाउँका पचास जना बालबालिका विद्यालय जादैनन्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ७, २०७७
in टाकुरा विशेष, समाचार
0
सुनसरीमा एकै गाउँका पचास जना बालबालिका विद्यालय जादैनन्

सुनसरीको रामधुनी ६ स्थित सरोना गाउँ ।

311
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी जिल्लालाई साक्षर जिल्लाको रुपमा घोषणा गरिएपनि साक्षरता भन्ने शब्द, शब्दमा मात्रै उल्लेख भएको पाईएको छ ।

०७४ फागुनमा सुनसरीलाई नेपालको ४५ औँ साक्षर जिल्लाको रुपमा घोषणा गरिएको भएपनि अहिले यहाँका एकै गाउँका पचास जना भन्दा बढी बालबालिका विद्यालय नै नजाने गरेको पाईएको हो । रामधुनी नगरपालिका ६ सरोनास्थित एकै गाउँका पचास जना बढी बालबालिका विद्यालय नै नजाने गरेको बताउँछन् ।

पञ्चायत आधारभूत विद्यालय रामधुनी ६ का प्रधानाध्यापक अनन्तराम चौधरीले विद्यालयमा दुई सय ५ जना विद्यार्थी रहेको भएपनि सो गाउँका बालबालिकाहरु विद्यालय नआउने बताए ।

‘मुसहर, राजधामी, ऋषिदेव, थारु बस्तीका बालबालिका विद्यालय आउँदैनन्,’ उनले भने, ‘सामुदायिक विद्यालयमा गाडीको व्यवस्था नहुँदा पनि समस्या रहेको छ ।’ उनका अनुसार विद्यालयमा नौ जना शिक्षक छन् । ८ जनाको दरबन्दी छ भने एकजना निजी स्रोतबाट चल्दै आएको छ ।

उनी आँफूहरुकहाँ शिक्षाको गुणस्तर अब्बल रहेको बताउँछन् । तर, एकै गाउँका पचास जना भन्दा बढी विद्यार्थी पढ्न नआउँदा आँफूहरु चिन्तित रहेको उनले बताए ।

८ कक्षासम्म अध्यापन हुँदै आएको विद्यालयमा मुसहर बस्तीका बालबालिका अध्यापन गर्न नआउने उनको भनाई थियो ।

‘विद्यालयले कक्षा १ देखि पाँच सम्म खाजाको व्यवस्था समेत गरेको छ,’ उनले भने, ‘बालबालिका विद्यालय आउन् भन्नका लागि निःशुल्क रुपमा पोसाक, कापी, किताब जस्ता शैक्षिक सामाग्री समेत हस्तान्तरण गरेपनि विद्यार्थी पढ्न नै आउँदैनन् ।’

सुनसरीको रामधुनी ६ मा रहेको पञ्चायत आधारभूत विद्यालय ।

स्थानीय सोमनाथ मलिकले विद्यालयका शिक्षकले वास्तै नगर्ने बताए । उनले भने, ‘मेरा दुईजना छोराछोरी छन्, रोजगारीको अवस्था नहुँदा पनि समस्या एकातिर छ, अर्कोतिर स्कूलका सरहरुले पनि वास्ता गर्दैनन् ।’

उनले आँफूहरुमा चरम गरिबी रहेकाले दुई छाक जुटाउनै मुश्किल हुने भएको बताए । ‘घरको अवस्था नाजुक छ, रोजगारीको अवसर कहीँ, कतै छैन,’ मलिकको गुनासो थियो, ‘हामीले स्कूलमै सफाई गर्ने काम पाए छोराछोरी पनि त्यहीँ पढाउँथ्यौँ, काम पनि त्यहीँ गथ्र्यौँ ।’

स्थानीय बुद्धनारायण सदाले भने सानै उमेरमा बालबालिकाले बुवा, आमाको सीप सिक्ने र काममा जाने बताउँछन् । ‘हाम्रो समुदायमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छौँ,’ उनले टाकुरासँग भने, ‘नानीहरु घाँसदाउराका लागि जंगल जाने, खेतीपातीमा सघाउने गरेका छन् ।’ धेरै जसो बालबालिका विद्यालय नजाने, गएपनि भागेर आउने र खेतीपातीमा जाने उनको भनाई थियो ।

यी माथि उदृत गरिएका दुईजना पात्र प्रतिनिधि मात्र हुन् ।

उनीहरुजस्तै यहाँका दर्जनौ घरपरिवारका समस्या उही छ । अभिभावकहरुमा रोजगारीको अवसर नहुने भएकाले पनि यस क्षेत्रका बालबालिका शिक्षाबाट बञ्चित छन् ।

सुनसरीको सुगम क्षेत्रका रुपमा चिनिने रामधुनी नगरपालिकालाई चाडैं नै बालमैत्री नगरपालिकाका रुपमा घोषणा गर्ने तयारी थालिएको छ । तर, यो क्षेत्रका बालबालिकाले अहिले पनि शिक्षाको महत्व नबुझ्दा जटिल समस्या देखा पर्ने बुझिन्छ ।

स्थानीय सरकारले शिक्षाबाट बञ्चित हुन नदिनका लागि ठूलो बजेट विनियोजन गरेको भएपनि यस क्षेत्रका बालबालिका विद्यालय नै नजाने गरेकाले यसको दीर्घकालिन समाधानका निम्ति तत्काल साक्षरता अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ ।

Tags: #रामधुनी#सुनसरीशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार
कला साहित्य

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

धरान : ३५ औँ राष्ट्रिय कविता महोत्सवको तयारीस्वरूप विमल गुरुङ स्मृति पुस्तकालयले कविहरूबाट कविता र पुस्तक आह्वान गरेको छ। आगामी कात्तिक...

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क
फाेटाे फिचर

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क । धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकता कायम राख्ने उद्देश्यका...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३
यस्तो छ प्रदेश १ सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ

महालेखाको प्रतिवेदन : कोशीमा १.०६ प्रतिशत बेरुजु, सुझाव कार्यान्वयनमा प्रदेश प्रमुखको जोड

जेष्ठ १९, २०८३
समपूरक अनुदान : झापासहित कोसीका सात सडकको स्तरोन्नति

उत्तर-दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत भौतिक प्रगति

जेष्ठ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

जेष्ठ १९, २०८३
मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

जेष्ठ १९, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.