मोरङ मिक्लाजुङका प्रधानाध्यापक शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएका एक जना विप्लव माओवादीका नेतालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।
नेत्रविक्रम चन्द विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनेर चिनिने धनबहादुर विकलाई हतियार सहित हिजो प्रहरीले पक्राउ गरेको हो।
मोरङ बुढीगंगा गाउँपालिका ४ मा अवस्थित औद्योगिक क्षेत्रबाट विकलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् ।
‘उद्योगी व्यवसायीलाई धाकधम्की दिई चन्दा मागिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।














Discussion about this post