खोटाङको साकेला २ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ ।
शनिवार साँझ आफ्नो घरबाट साकेला २ मबु भन्ने ठाउमा भाईको घरमा धामी बस्नका लागि जादै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट खस्दा अन्दाजी ३ सय मिटर तल छरेर उनको घटनास्थलमानै मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी रतन्छामा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली गएर कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।














Discussion about this post