शिवसताक्षी नगरपालिका १ धरमपुरमा डिउटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुजन भन्ने कृष्ण राईलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ग ३ प ७१४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा राई र सोही ठाउँ बस्ने २२ वर्षीय धुर्बे तामाङले प्रहरीसँग विवाद गरी हातपात तथा नजिकै रहेको दाउराले प्रहार गरी अभद्र व्यवहार गरे पश्चात राईलाई मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न फरार धुर्बे तामाङको खोजी गर्नुका साथै यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post