Monday, July 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

व्यक्तिगत स्वार्थका कारण काब्यबाटिकाको इतिहास मेटिने खतरा, वडाध्यक्ष भन्छन्, ‘काब्यबाटिका वेश्यालय हो’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १३, २०७७
in टाकुरा विशेष, समाचार
0
व्यक्तिगत स्वार्थका कारण काब्यबाटिकाको इतिहास मेटिने खतरा, वडाध्यक्ष भन्छन्, ‘काब्यबाटिका वेश्यालय हो’

काब्यबाटिकाको एक झलक ।

439
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ५ मा रहेको पर्यटकीय गन्तव्य काब्यबाटिका क्षेत्रमा पुनः विवाद उत्पन्न भएको छ ।

२०६० सालमा कलाकारहरुले मूर्तिकला कार्यशाला, चित्रकला शिविर, नाट्य शिविर जस्ता कार्यक्रम सँगै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उदेश्यले स्थापना भएको काव्यबाटिकामा विवाद उत्पन्न भएको हो ।

‘तत्कालिन नगरपालिका हुँदा काब्यबाटिकाको नाममा उपलब्ध भएको जग्गा हाल व्यक्तिगत स्वार्थका कारण मासिने खतरा भएको छ,’ काब्यबाटिकाका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार बिक्रम श्री भन्छन्, ‘समाजका केही कुण्ठित मानिसले गर्दा सकारात्मक काम हुन सकिरहेको छैन ।’

इटहरी उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष कल्याणबहादुर कार्कीको मनपरीले इतिहास मेटिने खतरा भएको उनले बताए । ‘पटक–पटक श्रष्टामाथि आक्रमण भइरहेको छ, विकासको नाममा इतिहास मेटिदैँछ,’ उनले टाकुरासँग भने, ‘कहिले स्वास्थ्य चौकी त कहिले क्यान्सर अस्पताल बनाउने नाममा व्यक्तिगत स्वार्थका लागि यो जमिन प्रयोग गर्न खोजिरहेका केही मानिसहरु छन् ।’

दुई बिघा १९ कठ्ठा क्षेत्रफलमा रहेको उक्त जमिनमा हाल वडा कार्यालयको भवन बनाउने प्रक्रिया अगाडि बढेकाले उनको आपत्ती थियो ।

उनले भने, ‘पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उदेश्यले नगरपालिकाको स्वामित्वमा रहने गरी यो जग्गा काब्यबाटिकाको नाममा थियो । तर, विकासको नाममा यहाँ इतिहास नै मेटिने गरी कलाकर्मी र श्रष्टाहरुमाथि आक्रमण भइरहेको छ ।’

उक्त जग्गा अद्धितीय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिने र श्रष्टाहरु आएर रिसर्च गर्ने ठाउँ रहेको सम्झदैँ उनले भने, ‘श्रष्टाहरु आएर रिसर्च गर्ने ठाउँ थियो त्यहाँ, अहिले त्यो जग्गालाई देखाएर प्लटिङ गरी नाफा कमाउने उदेश्य बोकेका केही सीमित मानिसहरुको कारण इतिहाँस मेटिने खतरामा छ ’।

राजनैतिक पूर्वाग्रहका आधारमा उक्त जमिन मासिने खतरामा रहेको उनले सुनाए ।

काब्यबाटिकाको एक झलक ।

‘मेयर उपमेयरले वडाको अधिकार क्षेत्रभित्र पर्ने भएकाले आँफूले केही गर्न नसक्ने प्रतिक्रिया दिनुहुन्छ,’ उनले गुनासो गरे, ‘यो जमिन जोगाउने पक्षमा उपमहानगरपालिका नरहेको र एक व्यक्तिको लहरमा सबै भईरहेको अवस्था छ ।’

पचरुखी नजिकै रहेको उक्त जग्गामा हाल वडा कार्यालय बन्ने प्रक्रिया अगाडि बढेपछि स्थानीयबासी पनि आक्रमक बनिरहेका छन् । वडाध्यक्ष कल्याणबहादुर कार्कीले आफ्नो व्यक्तिगत स्वार्थका कारण आफ्नै मनपरीले उक्त जग्गा मास्न खोजिरहेको स्थानीयको ठम्याई रहेको छ ।

यसैबीच काब्यबाटिका क्षेत्रका स्थानीयहरुले वडा कार्यालयहरुलाई पत्राचार समेत गरेका छन् ।

कला तथा पर्यटन क्षेत्रको लागि भन्दै छुट्याएको जमिनलाई वडा कार्यालय बनाउन नहुने भन्दै स्थानीय प्रकाशचन्द्र बस्नेत, विदुर पौडेल, मैनादेवी ढकाल लगायतले ज्ञापन पत्र बुझाउँदै वडा कार्यालयको भवन निर्माण तत्काल रोक्न माग गरेका छन् ।

यता इटहरी ५ नं. वडाका वडाध्यक्ष कार्कीले भने आँफूले व्यक्तिगत स्वार्थका लागि नभई वडाका जनताकै हितमा काम गर्न खोजेको प्रतिक्रिया दिए । ‘मेरो नेतृत्वमा वडा कार्यालय बनोस् भन्ने उदेश्यले टेण्डरको प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने, ‘नगरपालिकामा आज एउटाको नेतृत्व भए, भोलि अर्काको हुन्छ, केही मानिसहरुले हुँदैन भनेका कारण भवनको प्रक्रिया रोकिदैन ।’

उनले तीन कठ्ठा जमिनमा भवन बन्ने भएकाले काब्यबाटिका पनि संरक्षण हुने बताए ।

‘काब्यबाटिका वेश्यालय हो, नकारात्मक काम हुन नदिनका लागि पनि त्यहाँ भवन बन्नुपर्छ,’ उनले भने, ‘एउटा भवनका लागि दुई, तीन कठ्ठा जग्गा दिदाँ के फरक पर्छ ?’ उनले काब्यबाटिका वेश्यालयको रुपमा मौलाइरहेको आरोप लगाए ।

स्रष्टाहरु बोल्दैनन्

इटहरीलाई पूर्वको कला, साहित्यको केन्द्रबिन्दु मानिन्छ । देशकै उच्च तहका साहित्यकार तथा कलाकारले इटहरीलाई कर्मथलो बनाउँदै आएका छन् । तर, इटहरीमा रहेको काब्यबाटिकाको जमिन व्यक्तिगत स्वार्थका कारण मासिन लाग्दा श्रष्टाहरु चुप रहन नहुने स्थानीयबासीले बताउँदै आएका छन् ।

यस विषयमा दर्बिलो रुपमा कलाकर्मी र साहित्यकर्मीले आवाज उठाउनुपर्ने स्थानीयबासीको भनाई छ ।

Tags: #इटहरीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद
विविध

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

by रासस
असार २९, २०८३
0

इलाम : मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड...

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता
FEATURE BREAKING

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

by टाकुरा न्यूज । इटहरी
असार २९, २०८३
0

विराटनगर : वर्षौंदेखि व्यावसायिक प्रयोजनमा प्रयोग हुँदै आएको कोशी अस्पतालको बहुमूल्य जग्गा सोमबारदेखि अस्पतालकै नियन्त्रणमा फर्किएको छ। अस्पताल प्रशासनले अतिक्रमित...

इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

असार २९, २०८३
ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

असार २९, २०८३
आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज

असार २९, २०८३
उवासंघ इटहरी : अध्यक्षकी उम्मेदवार कटवाल भन्छिन्, ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्छु’

उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी

असार २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३
इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

असार २९, २०८३
ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

असार २९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    450 shares
    Share 180 Tweet 113
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.