भारतको जोगबनी नाकाबाट अवैध रुपमा भित्र्याइएको २ लाख २५ हजार मूल्य बराबरको बोइलर कुखुरासहित एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
भारतको जोगवनीबाट नेपालतर्फ प्रदेश १–०४००१ च ००४६ नम्बरको पिकअप भ्यानमा कुखुरा राखेर ल्याउँदै गरेको अवस्थामा रोडशेषबाट पक्राउ गरिएको हो ।
प्रहरीले कुखुरासहित कटहरी गाउँपालिका–५ बस्ने बर्ष २८ को किरण कुमार सरदारलाई पक्राउ गरेको छ । उनले अन्दाजी ७ सय ५० केजी २ लाख २५ हजार बराबरको बोइलर कुखुरा ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिइएको थियो ।
नियन्त्रणमा लिइएको कुखुरा जिल्ला पशुक्वारेन्टाईन मोरङका प्रतिनिधी, स्थानिय तथा प्रहरीको रोहवरमा नष्ट गरिएको छ । कुखुरा ल्याउन प्रयोग भएको सवारी साधन सहित प्रकाउ परेका सरदारलाई आवश्यक कानुनी कारवाहीका लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको जनाइएको छ ।














Discussion about this post