धरानका युवायुवती लागुऔषध सहित विराटनगर बाट पक्राउ परेका छन् ।
बिराटनगर–१६ मा पैदल हिडिरहेका अवस्थामा धरान–१६ का २४ बर्षीय मनिष भुजेल र २१ बर्षीया निसा श्रेष्ठलाई नियन्त्रणमा लिएरचेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट एभिल १० एम्पुल, फेनारगन १० एम्पुल, लुपिजेसिक १० एम्पुल र डाईजेल्याब १० एम्पुल बरामद गरिएको र उनीहरुका विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।














Discussion about this post