तरहरामा विभिन्न प्रजातिका फलफूल तथा विभिन्न प्रजातिका रुखको बिरुवा वितरण गरिएको छ ।
इटहरी २० तरहरामा यहाँका स्थानीयबासीहरुका लागि विभिन्न प्रजातिका रुखका बिरुवा वितरण गरिएको हो ।

सहायक बन अधिकृत अबधेश कुमार गच्छदारका अनुसार डिभिजन बन कार्यालय अन्तर्गत सब डिभिजन बन कार्यालय सुनसरीले जिल्लाका विभिन्न ठाउँमा उक्त बिरुवा वितरण गरिएको हो ।

सुनसरीको तरहरा, धरान, चक्रघट्टी, भुटाहा, इनरुवा, रामगन्ज लगायतका स्थानमा ९ लाख बिरुवा वितरण गर्नका लागि सुरु गरिएको छ ।
जसमध्ये टिक, मसला, बेल, सजिउन, बर्रो, हर्रो, अमला, टाँक लगायत इत्यादीका बिरुवा वितरण गरिएको बन कार्यालय तरहराका जमदार कृष्णप्रसाद गेलालले बताए ।

गेलालका अनुसार जिल्लाभरी १ लाख फलफूलका बिरुवा समेत वितरण गरिदैँ आएको छ । जसमध्ये आँप, लिची र कागतीका बिरुवा रहेका छन् ।















Discussion about this post