Tuesday, July 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङमा नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा प्रहरी फन्दामा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १८, २०८१
in विविध, समाचार
0
खोटाङमा नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा प्रहरी फन्दामा
80
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ ।

शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र जितेन्दरराम चमार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिए ।

“शहीद लखन गाउँपालिकामा जम्मा नौवटा मात्रै वडा छ । उनीहरूले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नं वडा लेखिएको छ”, उनले भने, “पत्रमा उनीहरू जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ । तर, उनीहरू मजाले बोल्ने र सुन्ने क्षमताका छन् । त्यसैले उनीहरू दुवै जनालाई पक्राउ गरेर कारबाहीका प्रक्रिया अगाडि बढाएका छौँ ।”

शहीद लखन गाउँपालिका वडा नं ११ ले आर्थिक सहयोगका लागि भनेर दिएको पत्रमा वडाध्यक्षले मङ्सिर १० गते हस्ताक्षर गरेर सिफारिस दिएको देखिन्छ । तर, सिफारिसपत्रमा हस्ताक्षर गर्ने वडाध्यक्षको नाम भने उल्लेख छैन ।

पक्राउ परेका दुवै जनाविरुद्ध अवैध चन्दा ऐनअन्तर्गतको कसुरमा खोटाङ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कागजपत्र, नक्कली बिरामीको फोटो र नगद १७ हजार सात सय ६० रुपैयाँ बरामद गरेको जनाएको छ ।

पक्राउ परेका उनीहरूले एक जना व्यक्तिबाट बढीमा एक हजारसम्म सहयोग रकम भनेर लिएको देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरू दुवै जनामाथि कीर्ते जालसाजीसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

Tags: #खोटाङ#पक्राउ#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते
विविध

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

by रासस
असार ३०, २०८३
0

पाँचथर : पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको...

समाचार

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

by रासस
असार ३०, २०८३
0

मोरङ : तपाइँका घरमा भर्खरै जन्मेका शिशु र गर्भवती महिला छन् ? छन् भने उनीहरू दुवैलाई १४ प्रकारका घातक रोगविरुद्ध...

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३
मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    458 shares
    Share 183 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.