Monday, July 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको उपाधि मनाङलाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १७, २०७६
in खेलकुद, समाचार
0
धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको उपाधि मनाङलाई
337
SHARES
Share on FacebookShare on Twitter

धरान : २२ औँ अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि एनओसी मनाङ मस्र्याङ्दी क्लबले चुमेको छ ।
शनिबार धरान रंगशालामा सम्पन्न भएको बुढासुब्बा गोल्डकपको उपाधिका लागि मनाङ र विभागीय टिम नेपाल पुलिस बीच भिडन्त भएको थियो । मनाङले ३ गोल गर्दा पुलिसले बदलामा १ गोल मात्रै फर्काएसँगै मनाङले उपाधि चुमेको हो । मनाङका दयानन्द सिंह, निशान लिम्बु र बिमल रानाले गोल गर्दा पुलिसका भोला सिलवालले पेनाल्टी मार्फत गोल गरे ।
खेल सुरु भएको १० औँ मिनेटमा नै मनाङका दयानन्द सिंहले पुलिसका गोल किप्पर सञ्जित श्रेष्ठको मिस्टेकले गर्दा गोल गरेका थिए । त्यस्तै ४९ औँ मिनेटमा बिमल रानाको पासमा निशान लिम्बुले उत्कृष्ट गोल गरे भने खेलको इन्जुरी समयमा बिमलले अर्को गोल गर्दै मनाङलाई उपाधि दिलाए । उता पुलिसका भोला सिलवालले खेलको ६७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । पहिलो हाफपछि आक्रमक बनेको पुलिसले पटक–पटक गोल गर्ने प्रयास गरेपनि गोल गर्न सकेन । खेलको २२ औँ मिनेटमा पुलिसका साजन राईको उत्कृष्ट प्रहार गोलमा रुपान्तरण हुन सकेन । त्यस्तै, खेलको २७ औँ मिनेटमा भोला सिलवालको प्रहार गोल हुन सकेन । उता, मनाङले खेलमा धेरै पटक मौका गुमाएको भएपनि अन्य थप गोल गर्न सकेन । खेलको ४ औँ मिनेटमा अन्जन बिष्टको प्रहार गोलमा रुपान्तरण हुन सकेन । ३८ मिनेटमा बिमल रानाको उत्कृष्ट प्रहार गोल भएन । त्यस्तै, ७८ औँ मिनेटमा कमल श्रेष्ठले कर्नरमार्फत उत्कृष्ट प्रहार गरेको भएपनि गोलमा रुपान्तरण हुन सकेन ।
खेलको म्यान अफ दि म्याच मनाङका अन्जन बिष्ट घोषित हुँदै नगद १५ हजार हात पारे भने बेष्ट गोल अफ दि डे मनाङका बिमल राना घोषित भए । उनले नगद पाँच हजार हात पारे ।
खेलको बिजेता टिम मनाङले नगद १० लाख सहित ट्रफि हात पारेको छ भने उपविजेता पुलिस क्लबले ५ लाखमा चित्त बुझाएको छ । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुरस्कार वितरण गरेका थिए ।
खेलमा मनाङका कोच फुजा टोपे बेष्ट कोच घोषित भए । त्यस्तै, सर्वा्धिक गोलकर्ता मनाङका दयानन्द सिंह घोषित हुँदै नगद ३५ हजार हात पारे । त्यस्तै, मनाङका सुरज विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एक थान स्कुटर हात पारे । बेष्ट गोल किप्पर मनाङका अशोक बराल घोषित हुँदै नगद २५ हजार हात पारे । बेष्ट डिफेन्डर पुलिसका सुमन सुवेदी घोषित हुँदै नगद २५ हजार हात पारेका थिए । त्यस्तै, बेष्ट मिट फ्रिल्डर मनाङका पुजन उपरकोटी घोषित हुँदै नगद २५ हजार हात पारे । त्यस्तै, पुलिसका जुमानु राई बेष्ट फरवार्ड घोषित हुँदै नगद २५ हजार हात पारे ।
आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बुढासुब्बा गोल्डकप २२ औँ संस्करण सम्म ल्याइपुर्याउनका लागि चुनौती रहेको भएपनि आँफूहरुले निरन्तर खटेको बताउँदै आगामी दिनमा यसलाई अझ भव्य बनाउँने प्रतिक्रिया दिए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उवासंघ इटहरी : अध्यक्षकी उम्मेदवार कटवाल भन्छिन्, ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्छु’
FEATURE BREAKING

उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी

by टाकुरा न्यूज । इटहरी
असार २८, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको अध्यक्षमा गायत्री कटवाल भण्डारी निर्वाचित भएकी छन्। शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइतबार...

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

by टाकुरा न्यूज । इटहरी
असार २८, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनअन्तर्गत मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार...

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

असार २८, २०८३
विराटनगरमा कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

विराटनगरमा कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

असार २८, २०८३
रुद्राक्षको राजधानी दिङ्ला बजार

रुद्राक्षको राजधानी दिङ्ला बजार

असार २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ इटहरी : अध्यक्षकी उम्मेदवार कटवाल भन्छिन्, ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्छु’

उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

असार २८, २०८३
मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

असार २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    413 shares
    Share 165 Tweet 103
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    404 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.