तरहरा । सुनसरी र मोरङ इटहरीमा सम्पन्न ग्रासरुट क्षेत्रीय लिग फूटबलमा च्याम्पियन बनेका छन् । इटहरी २० तरहरामा तीन दिनसम्म भएको लिगमा बिजयी हुदै सुनसरी र मोरंग प्रदेश लिगका लागि छनौट भएको हुन् । दश बर्षमुनीको उमेर समुह अन्तर्गत भएको फाइनल खेलमा सुनसरीले मोरंगलाई तीन सुन्यले पराजित गर्दै प्रदेश लिगको लागि छनौट भएको हो । यस्तै १३ बर्ष उमेर समुह अन्तर्गत मोरंगले सुनसरीलाई तीन सुन्यले नै पराजित गर्दै छनौट भएको छ ।
१३ बर्ष मुनीको छात्रा तर्फको खेलमा मोरङले सुनसरीलाई दुई एक गोल अन्तरले पराजित गर्दै प्रदेश लिगको लागि छनौट भएको छ । लिगमा प्रदेश एकका झापा, मोरंग, सुनसरी र उदपयुर गरी चार जिल्ला सहभागी थिए । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी जिल्ला कोषाध्यक्ष कोबितजंग कार्कीका अनुसार लिग बिजेताले आगामी महिना हुने प्रदेशस्तरिय लिग खेल्न पाउने कार्कीले जानकारी दिए । प्रदेश लिगमा भोजपुर र ताप्लेजुंगबाट छनौट भएर आएका टीमसंग आगामी महिना प्रतिष्पर्धा हुनेछ ।
खोटाङ : ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन
खोटाङ : जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बासिन्दाले...














Discussion about this post