सोलुखुम्बु
सोलुखुम्बुमा जारी तेस्रो मदन भण्डारी स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगितामा समुह चरणका खेलहरु सम्पन्न भएको छ ।
बुधबार भएको खेलमा उदयपुरलाई पराजित गर्दै भोजपुर बिजयी भएको छ ।
त्यस्तै, दोस्रो खेलमा संखुवासभालाई पराजित गर्दै सुनसरी विजयी भएको छ ।
सोलुखुम्बु र झापा बीच भएको खेलमा सोलुखुम्बु बिजयी भएको आयोजकले जनाएको छ । झापा र इलाम विचको खेलमा झापा विजयी भयो ।
पाँचथर र संखुवासभाको खेलमा सखंवासभाले जित्न सफल भएको छ । ओखलढुगां र मोरङ बीचको खेलमा ओखलढुगां विजयी भएको छ ।
योङ्ग स्टार क्लवको खेलमैदानमा खोटाङ र तेह्रथुम बीचको खेलमा खोटाङ विजयी भएको छ ।
विहीबारबाट क्वाटर फाईनलका खेलहरु हुने मदन भण्डारी स्र्पोट एकेडेमी सोलुुखुम्बुका अध्यक्ष दीपक राजभण्डारीले बताए ।
Discussion about this post