तरहरा । तरहरामा बुधबारदेखि सुरु ग्रासरुट क्षेत्रीय लिग फुटबलमा सुनसरी र उदयपुरले अंक बाँडेका छन् ।
इटहरी २० तरहरामा सुरु लिगको उद्घाटन खेलमा सुनसरी र उदयपुरले एक एक अंक बांडेका हुन् ।
दश बर्षमुनीको उमेर समुह अन्तर्गत भएको उद्धघाटन खेलमा सुनसरी र उदयपुरले गोलरहित बराबरी खेलेपछि अंक बांड्न बाध्य भएका हुन् ।
आगामी शुक्रबारसम्म चल्ने लिगको इटहरी उपमहानगरपालिका वार्ड नं २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले उद्धघाटन गरेका थिए ।
लिगमा प्रदेश १ का झापा, मोरङ, सुनसरी र उदपयुर गरी चार जिल्ला सहभागी रहेको अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी जिल्ला अध्यक्ष केशव कार्कीले जानकारी दिए ।
लिग बिजेताले आगामी महिना हुने प्रदेशस्तरीय लिग खेल्न पाउने कार्कीले बताए ।
कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार...














Discussion about this post