Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सुनसरीमा बलात्कार आरोपीलाई जोगाउन चलखेल, प्रहरीको भूमिका शंकास्पद

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ४, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

सांकेतिक तस्वीर ।

1.6k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत १७ वैशाखमा सुनसरीको इनरुवा १ स्थित एक विहे घरमा रमझम थियो । स्थानीय १३ वर्षीया बालिका पनि छिमेकीको विवाहमा रमाइरहेकी थिइन् । रातको झण्डै १ बजेको समयमा विवाह हेरेर रमाइरहेकी किशोरीलाई एक हजार रुपैँयाको नोट देखाएर स्थानीय अन्दाजी ३० वर्षीय बिजय साहले विवाह घर भन्दा केही पर लगेर जबरजस्ती बलात्कार गरे ।

घटनाको भोलिपल्ट नै पीडित किशोरीले आफू बलात्कृत भएको परिवारमा सुनाएपछि घटना बाहिर आएको थियो । स्थानीयको सहयोगमा पीडितले लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिए । उजुरी दिएपनि प्रहरीले उजुरी लिन मानेन ।

पीडक युवकका आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरुले प्रहरीलाई उजुरी नलिन र घटना ढाकछोप गर्न लागि परे । तर, स्थानीय महिला अधिकारकर्मीहरुको सहयोगमा घटना भएको चारदिनपछि मात्रै प्रहरीले उजुरी लियो । उजुरी लिएपनि प्रहरीले पीडकलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि नबढाउदा पीडित परिवार यतिबेला विक्षिप्त बनेका छन् ।

स्थानीय एक महिलाका अनुसार पीडित परिवार निम्न वर्गीय रहेका कारण मिल्न दबाब दिने र प्रहरीले कारबाहीको प्रक्रिया अघि नबढाउदा समस्या भएको छ । ‘दुवै छोरीको विवाह गरिदिन्छु, गाउँमै मिलौँ भनेर दबाब दिइरहेका छन्,’ ती महिलाले भनिन्, ‘हालसम्म छानबिन पनि भएको छैन, खोजी गर्नका लागि पनि प्रहरीले आनाकानी गरिरहेको छ ।’ पीडितलाई न्याय दिलाउनका निम्ति प्रहरीको भूमिका शंकास्पद रहेको उनले बताइन् ।

पीडित परिवार हत्तपत्त कोहीसँग नखुल्ने भएकाले विभिन्न प्रलोभन देखाएको हुनसक्ने उनको भनाइ छ । ‘सामान्य परिवार भएकाले हत्तपत्त कोहीसँग खुल्न मान्दैनन्,’ उनले भनिन्, ‘फलानोले केही नभन्नु भनेको छ भन्ने गरेको छ, प्रलोभनमा पारेर बलात्कार जस्तो घटनालाई ढाकछोप गर्नु निन्दनीय छ ।’

पीडित बालिकाकी आमा र दिदी छन्, बुबा सानैमा बितेका कारण बोल्न सक्ने कोही मानिस नहुँदा अहिले न्यायका लागि छटपटाइरहेका छन् । ती बालिका मानसिक रुपमा पनि केही सुस्त रहेकी छिन् । तर, पीडकलाई कानुनी कारबाहीको प्रक्रिया अघि नबढाउँदा स्थानीयबासीमा समेत पीडा थपिएको उनी बताउँछिन् ।

स्थानीय पुकार चौधरीका अनुसार अति विपन्न परिवारका उनीहरुलाई पटक–पटक पैसामा मिल्न, घटना गाउँमै मिलाउन दबाब दिएपछि पीडित परिवार विक्षिप्त बनेका छन् । ‘घटना भएको लामो समय भएपनि प्रहरीले आरोपितलाई पक्राउ गर्न नसक्नुले प्रहरीको भूमिकामाथि प्रश्नचिह्न खडा भएको छ,’ उनले टाकुरासँग भने, ‘अति सामान्य परिवार भएकै कारण आज न्याय पाउनबाट बञ्चित भएको अवस्था छ, आरोपित व्यक्ति इनरुवामै लुकिछिपी बसेका छन् ।’

उनका अनुसार घटना भएपछि आरोपित बिजय साह घरमा छैनन् । लकडाउनको समय भएकाले अन्यत्र जाने ठाउँ नभएकाले इनरुवामै आफन्तकहाँ लुकिछिपी बसेको हुनसक्ने भएपनि प्रहरीले चासो नदेखाउनाले समस्या भएको चौधरीले बताए ।

‘हामीले आफ्नो तर्फबाट सामाजिक सञ्जालमा जानकारी गराएपनि प्रहरीले चासो देखाएन,’ उनले भने, ‘मेडिकल टेष्ट गरेको रिपोर्ट पनि यतिका दिनसम्म नदिदाँ पनि शंका गर्नसक्ने ठाउँ छ, प्रहरीको भूमिका पनि शंकास्पद देखियो ।’ उनका अनुसार पीडित बालिकाको मेडिकल टेष्ट गरेको भएपनि जिल्ला अस्पताल इनरुवाले हालसम्म त्यसको रिपोर्ट नदिएकाले पनि घटना ढाकछोप गर्न चलखेल गर्नेहरु सक्रिय रहेका छन् ।

यता, इनरुवा १ का वडाध्यक्ष रामचन्द्र पोदारले भने आफूले नै पीडित परिवारलाई प्रहरीकहाँ उजुरी गर्नका लागि सहयोग गरेको प्रतिक्रिया दिए ।

‘घटनाको विषयमा मैले प्रहरीकहाँ उजुरी गर्ने प्रक्रिया अगाडि बढाएको हुँ,’ फोन सम्पर्कमा पोदारले भने, ‘त्यो मानिसलाई इनरुवाबाटै भगाएको छ, प्रहरीले अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।’ उनले पीडकलाई भगाइएको र प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको भएपनि कारबाहीको प्रक्रिया नबढाइएको स्वीकार गरे ।

उता, जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र कार्कीले भने आरोपित व्यक्ति फरार रहेकाले खोजी कार्य भइरहेको जानकारी दिए । ‘मान्छे अहिले कहिँकतै लुकेको अवस्था छ, हामीले खोजी कार्यलाई तीव्र बनाएका छौँ,’ उनले फोन सम्पर्कमा टाकुरासँग भने, ‘महिला तथा बालबालिकासँगको केसमा हामी पनि गम्भीर छौँ, सूचना पाउनेवित्तिकै पक्राउ गरी कारबाहीको दायरा अगाडि बढाउँछौँ ।’

उनले महिला तथा बालबालिकाको ‘केस’ मा आफूहरु गम्भीर रहेको उल्लेख गर्दै अहिले सिभिलमा प्रहरी खटाएर आरोपितको खोजी भइरहेको जानकारी दिए । पीडित परिवार निम्नवर्गीय भएकै कारण न्याय नपाएको भन्ने सुन्नमा आएको छ नि भन्ने प्रश्नमा डीएसपी कार्कीले भने, ‘हुनेको सबै छन्, नहुनेको हामी छौँ भन्ने सन्देशसहित अभियान चलाएका छौँ, प्रहरीले कहिँकतै फट्याईँ गरेको भए हामीलाई भन्नुहोला, कारबाहीको प्रक्रिया अघि बढाउँछौँ ।’

उनले प्रहरीलाई आरोप मात्रै लाग्ने भएकाले सहि सूचना र जानकारी पाएलगत्तै कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

Tags: #बलात्कार#सुनसरी#सुनसरी प्रहरीटाकुरा विशेषशंकास्पद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती
FEATURE BREAKING

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

by अर्जुन उप्रेती
भदौ २५, २०८३
0

सुनसरी : भदौ १० मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। हिमाली क्षेत्रमा...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    328 shares
    Share 131 Tweet 82
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.