Tuesday, April 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

प्रहरीको निशानामा इटहरीका लागूऔषध कारोबारी, नौ दिनको अवधिमा १४ जना पक्राउ (तस्वीर तथा भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २७, २०७८
in टाकुरा विशेष, भिडियाे स्टाेरी, समाचार
0
प्रहरीको निशानामा इटहरीका लागूऔषध कारोबारी, नौ दिनको अवधिमा १४ जना पक्राउ (तस्वीर तथा भिडियोसहित)
1.7k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बढ्दो शहरीकरणसँगै सुनसरीमा लागूऔषधको व्यापार फस्टाउँदो छ । प्रहरीले जिल्लामा एक वर्षमा दर्जनौँ मुद्धा दर्ता गरेको छ भने उत्तिकै संख्यामा लागूऔषधमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा समेत ल्याएको छ ।

यसै सन्र्दभमा इटहरी प्रहरीले नौ दिनको अवधिमा १४ जना लागूऔषध कारोबारी तथा सेवनकर्तालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गर्दै तीन दिनको अवधिमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो भने नौ दिनको अवधिमा १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इटहरी प्रहरी प्रमुख डीएसपी अर्जुन केसीका अनुसार असार १८ गतेदेखि २७ गतेसम्म इटहरीका विभिन्न ठाउँबाट प्रहरीले लागूऔषध खैरोहिरोइन (ब्राउनसुगर) १९२ ग्राम, एक सय मिलिग्राम, नाइट्रोजन ट्याबेलेट एक सय पत्तामा रहेका एक हजार थानसहित १४ जनालाई पक्राउ गरेको हो ।

उनका अनुसार २५ असार (शुक्रबार) इटहरी ६ मा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले सुनिल तामाङ, सन्दिप चौधरीलाई ९ ग्राम खैरोहिरोइन ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा उनीहरुले इटहरी ९ बस्ने प्रताप तामाङबाट खरिद गरेको खुलेकाले प्रतापलाई पनि १ ग्राम ३२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

ब्राउनसुगर तथा नाइट्रोजनसहित पक्राउ परेकाहरु । बाँयातर्फ दुईजना, दायाँतर्फ तीनजना ।

त्यस्तै, सोही दिनको राति इटहरी ५ मा रहेको चमेना खाजा घरको ११२ नं. कोठाबाट लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला बारा निजगढ १२ घर भइ हाल इटहरी ५ मा बसोबास गर्दै आएका २७ वर्षीय दीपक भनिने वीरेन्द्र राई, इटहरी ५ बस्ने १८ वर्षीय विवेक बस्नेत तथा अर्का एकजना नाबालक नै रहेकाले प्रहरीले तत्काल नाम नखुलाएपनि अनुसन्धानको प्रक्रिया अगाडि बढाएको केसीले बताए ।

उनीहरुको साथबाट प्रहरीले ५६ ग्राम, २०० मिलिग्राम ब्राउनसुगरसहित डिजिटल मेसिन समेत बरामद गरेको उनले जानकारी दिए । अनुसन्धान गर्ने क्रममा इटहरी ४ बस्ने २३ वर्षीय विवेक खड्कामार्फत लागूऔषध खरीद गरेकाले खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनका अनुसार खड्काको घर खानतलासी गर्दा प्रहरीले २९ ग्राम, ८०० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।

इटहरी ५ मा रहेको चमेना खाजा घरबाट पक्राउ परेका व्यक्तिहरु ।

त्यस्तै, प्रहरीले आइतबार दिउँसो नाइट्रोजन ट्याब्लेटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका ५ बस्ने २२ वर्षीय मनिर मियाँ र इनरुवा ३ बस्ने ५७ वर्षीय नारायणप्रसाद शिवाकोटीको साथबाट गरी एक सय पत्तामा रहेको एक हजार थान लागूऔषध नाइट्रोजन ट्याब्लेट बरामद गरेको छ । साथै उनीहरुको साथबाट प्रहरीले नगद ४० हजार पाँच सय रुपैँया समेत बरामद गरेको छ ।

पक्राउ परेका आठ जनामाथि नै आइतबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको डीएसपी केसीले जानकारी दिए । यसअघि पक्राउ परेका अन्य ६ जनाबिरुद्ध पनि लागूऔषध मुद्धामा नै म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

‘इटहरी प्रहरीको चुनौती र समस्याको रुपमा लागूऔषधको कारोबार हो, बीचको समयमा निषेधाज्ञामा केही कम भएको थियो,’ डीएसपी केसीले टाकुरासँग भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै छोटो अवधिमा त्यतिको संख्यामा मानिस पक्राउ पर्नु इटहरीका लागि ठूलै संख्या हो ।’

भिडियो

Tags: #इटहरी#इटहरी प्रहरी#पक्राउ#लागूऔषधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा लाटोकोसेरोको समूह
पर्यावरण

सुनसरीमा लाटोकोसेरोको समूह

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

सुनसरीको इनरुवा नगरपालिका–४ मा आँपको रूखको हाँगामा बसेको कोचलगाँडे लाटोकोसेरोको समूह । मानव बस्ती नजिक तथा र कृषि क्षेत्रहरूमा देखिने...

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय
FEATURE BREAKING

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

इटहरी : पछिल्लो समय मोबाइल फोनहरूमा अपरिचित व्यक्तिबाट म्यासेज गरी लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ। खासगरी लटरी...

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

बैशाख १४, २०८३
भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा लाटोकोसेरोको समूह

सुनसरीमा लाटोकोसेरोको समूह

बैशाख १४, २०८३
लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

बैशाख १४, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1454 shares
    Share 582 Tweet 364
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    644 shares
    Share 258 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    378 shares
    Share 151 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.